आईपीएलको पहिलो खेलमा आरसीबीसँग हैदराबाद १० रनले पराजित

आदर्श समाज सम्वाददाता
असाेज ६, २०७७
IPL, RCB Team

तस्बीर साभार : इण्डिया टुडे डट कम

पोखरा । इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजनको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले सनराइजर्स हैदराबादलाई १० रनले हराएको छ ।

आरसीबीले दिएको १ सय ६४ लक्ष्य पछ्याउने क्रममा हैदराबाद १९.४ ओभरमा १५३ रन बनाउँदै अलआउट हुन पुग्यो । योसँगै विराट कोहली आईपीएलमा कप्तानको रुपमा एक टोलीलाई ५० खेल जिताउने चौथो कप्तान बनेका छन् । यो सूचीमा गौतम गम्भीर, महेन्द्रसिंह धोनी र रोहित शर्माको नाम छ ।

तस्बीर साभार : इन्डिया टिभी न्यूज डट कम

आरसीबीको जीतमा युजवेन्द्र चहल नायक बने । उनले मात्र १८ रन खर्चेर ३ विकेट लिए । उनले हैदराबादका जोनी ब्रेस्ट्रो र मनीष पान्डेको महत्वपूर्ण विकेट लिए । दुवैले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए । यो साझेदारी तोड्नु नै खेलको टर्निङ प्वाइन्ट बन्यो ।

१६४ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादको शुरुवात खराब रह्यो । कप्तान डेविड वार्नर मात्र ६ रन बनाएर आउट भए । ब्रेस्ट्रोले ६१ र पान्डेले ३४ रन बनाउँदै हैदराबादलाई सम्हाले । तर, हैदराबादका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नसकेपछि टोली पराजित हुन पुग्यो ।

यसअघि, आरसीबीका लागि आफ्नो डेब्यू खेलमा देवदत्त पडिक्कलले ५६ रन बनाए । त्यस्तै, एरोन फिन्चले २९ बनाउँदै पहिलो विकेटका लागि ९० रनको साझेदारी गरे । त्यसपछि एबी डिविलियर्सले ५१ रनको योगदान दिए । मंगलबार, चेन्नाई र राजस्थानबीचको खेल हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width