पोखरा । सर्वाेच्चनेता गणेशमान सिंहको २३ औं स्मृति दिवस अवसरमा तरुण दल कास्कीले सुरु गरेको सप्ताहब्यापी कार्यक्रमअन्तर्गत सोमबार बाढीपहिरोपीडितलाई आर्थिक सहयोग गरिएको छ ।
संस्थाले कास्की क्षेत्र ३, अन्नपूर्ण गाउँपालिका १ र २ का बाढीपहिरो प्रभावितलाई आर्थिक सहयोग गरेको हो । वडा १ का विष्णु परियार, २ का ऋषिराम अधिकारी, रामजी भण्डारी र राजाराम भण्डारीलाई जनही पाँच/पाँच हजारको दरले सहयोग गरिएको हो ।
प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला उपसभापति आइबहादुर गुरुङ, नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, नेपाली काँग्रेसका जिल्ला सदस्य भरतबहादुर अधिकारी, कार्यक्रमका अध्यक्ष विजय गुरुङ, क्षेत्र ३ का संयोजक विकास गुरुङ लगायतले आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।
प्रमुख अतिथि गुरुङले लौहपुरुष गणेशमान सिंहको सम्झना गर्दै तरुणहरु पनि उनले देखाएको बाटोमा हिड्न सक्नुपर्ने बताए ।
तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले पार्टीलाई सशक्त बनाउन युवा तरुणको महत्वपूर्ण भूमिका आवश्यक रहेको उल्लेख गरे । आफूले स्कुले जीवनमै चिनेको गणेशमान सिंहको एक बोलीमा देशैभरि नै तरङ्ग ल्याउने र सकरात्मक प्रभाव पर्ने सक्ने क्षमता भएको स्मरण गरे । सप्ताहब्यापी कार्यक्रम भएकोले आगामी दिनमा कास्कीको अन्य स्थानमा पनि आर्थिक सहयोग गर्ने योजना रहेको उनको भनाइ थियो ।
नेपाली काँग्रेस, अन्नपूर्ण गाउँपालिका सभापति मनपति भण्डारीले तरुण दलको यस कार्यक्रमको खुलेर प्रशंसा गरे । कार्यक्रमका अध्यक्ष विजय गुरुङले तरुण सधैँ दीनदुःखीहरुको साथमा रहने बताए ।
तरुण दल कास्की क्षेत्र नम्बर ३ का संयोजक विकास गुरुङले कास्कीको ल्वाङ र मादीका बाढीपहिरोपीडितलाई पनि आर्थिक सहयोग गरिसकेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य भरतबहादुर अधिकारी, नेपाल तरुण दलका पूर्व केन्द्रिय भरतजंग कुँवर लगायतले आफ्नो भनाइ राखेका थिए ।
नेपाली काँगे्रस, अन्नपूर्ण गाउँपालिका २ का सभापती लोकराज भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन तरुण दल अन्नपूर्ण गाउँपालिकाका सचिव दिल जिसी दाहालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पुनस्र्थापित संसदको पहिलो बैठकमै अवरोध
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
मोतिपुर करिडोर काण्ड: अर्थमन्त्री र उद्योगमन्त्रीको भागाभाग
नेकपा पार्टी आधिकारिताको निर्णय आइतबार
सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
hero news full width
मुख्य समाचार
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान
संसद् बैठकमा सभामुखको लिखित मन्तव्य
फागुन २३, २०७७घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
फागुन २३, २०७७सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७