सिर्जना साँस्कृतिक परिवारसँग नेलम्बोको सहकार्य

श्रीभद्र पौडेल
असाेज ६, २०७७
nalanbo nepal progrem photo

हेमजा । नेलम्बो नेपालले माछापुच्छ्रे–७, धम्पुसको सिर्जना टोलस्थित सिर्जना सांस्कृतिक परिवारलाई स्वास्थ्य सुरक्षा तथा सरसफाइ सामग्री सहयोग गरेको छ ।

कुल ७० घरपरिवारलाई प्रतिघर एउटा हातधुने साबुन र ३ सय ३० जनालाई एन–९५ मास्क तथा स्वास्थ्य सचेतनामूलक ब्रोसर आइतवार वितरण गरिएको हो । त्यस्तै संस्थाले ११ वटा डस्वीन पनि हस्तान्तरण गरेको छ ।

प्रमुख अतिथि वडा सदस्य कृष्णप्रसाद भण्डारीले यस विषम् परिस्थितिमा नेलम्बोले गरेको सहयोग महत्वपूर्ण रहेको जनाउँदै त्यसले जनचेतना अभिवृद्धिमा ठूलो टेवा पुग्ने बताए ।उनले उपलब्ध सामग्रीको सदुपयोग गर्न आग्रह पनि गरे।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले कोभिड–१९ महामारीमा सबै जना एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै सबैले सामाजिक दूरीलाई ख्याल गर्नुपर्ने औँल्याए ।

स्थानीय देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद भण्डारीले नेलम्बोले आफ्नो गाउँमा मात्र नभई अन्य ठाउँमा पनि गर्दै आएका कार्यक्रमको प्रशंसा गरेका थिए।

कार्यक्रमबीच नेलम्बोका अध्यक्ष देवकोटा, कार्यक्रम संयोजक डा.किसन कोइराला, हेल्थ प्रमोसन अफिसर निर्मला देवकोटा लगायतले सिर्जना साँकृतिक परिवारका अध्यक्ष रामचन्द्र भण्डारीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

नेलम्बोले कुल ५६ हजार बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनसम्पर्क सूपरभाइजर भीमप्रसाद भण्डारीले जानकारी दिए।

सिर्जना सांस्कृतिक परिवारका अध्यक्ष रामचन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष गोविन्दराज भण्डारीले स्वागत र सिर्जना सांस्कृतिक परिवारका सल्लाहकार संयोजक अमृतकुमार भण्डारीले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width