गौतमलाई मनोनीत गर्ने निर्णय बदर गर्न रिट

आदर्श समाज सम्वाददाता
असाेज ६, २०७७
bamdev-gautam1

पोखरा, ६ असाेज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाई रिट दायर गरेका हुन् । रिटमा नेता गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपति कार्यालयले गत भदौ २९ गरेको निर्णय बदर गर्न माग गरिएको हो ।

नेता गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनीत असंवैधानिक भएको उल्लेख गर्दै सांसदका रुपमा कार्य गर्न नदिन र मन्त्रिमण्डलमा लैजाने कार्य रोक्ने अन्तरिम आदेशको माग रिट निवेदनमा गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width