११५४ सङ्क्रमित थपिए, १६ संक्रमितको मृत्यु

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७७
corona_1

पोखरा, ५ असोज । नेपालमा सोमबार ११५४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा महिला ४१८ र पुरुष ७३६ जना गरी ११५४ जना थपिएको जनाएका हुन् । यो सहित नेपालमा अहिलेसम्म ६५ हजार २७६ जनामा सङ्क्रमण देखिएको छ ।

२४ घण्टामा एक हजार पाँच जना सङ्क्रमणमुक्त भई घर फर्किए । अहिलेसम्म ४७ हजार २३८ जना सङ्क्रमित निको भई घर फर्किसकेका छन् । यो ७२.४ प्रतिशत हुन आउँछ ।

सक्रिय सङ्क्रमित १७ हजार ६११, होमआइसोलेसनमा रहेका आठ हजार ६९०, संस्थागत आइसोलेसनमा आठ हजार ९२१ र क्वारन्टिनमा सात हजार ४०३ जना रहेका छन् ।

सघन उपचार कक्षमा १९६ र भेन्टिलेटरमा ३१ जनाले उपचार गराइरहनुभएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

पाँच सय भन्दा बढी सङक्रमण भएका जिल्लाहरु मोरङ, सिराहा, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देही छन् ।

सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला संक्रमण शून्य छन् । गएको २४ घण्टामा १६ संक्रमितको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width