शुक्लागण्डकीका केही स्थान सिल

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७७
Shuklagandaki

पोखरा, ५ असोज । कोरोना संक्रमित बढेपछि शुक्लगाण्डकी नगरपालिकाले केही स्थान सिल गरेको छ । नगरपालिका अन्तर्गत वडा नं. ५ का ज्ञानज्योति टोल र शान्तिटोलका सम्पूर्ण क्षेत्र र वडा नं. १० को साँखेबजारमा आवतजावत, हिँडडुल तथा कुनै पनि व्यापार व्यवसाय गर्न बन्देज लगाएको हो ।

आज साँझ ५ बजेदेखि लागु हुनेगरी असोज १२ गते साँझ ५ बजेसम्मका लागि सिल गरिएको हो ।

आजमात्र शुक्लागण्डकीको विभिन्न वडामा गरेर १७ जना संक्रमित थपिएका छन् । सो पश्चात कार्यपालिकाको वैठक बसेर नगरपालिकाले उक्त क्षेत्रहरुमा सिल गरिएको मेयर किसान गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width