तस्बीर साभार : क्रिक फिट डट कम
पोखरा । १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत दिल्ली क्यापिटल्स र किङ्स ११ पञ्जाबबीचको खेल रोमाञ्चक बन्यो ।
यस संस्करणको आइतबार दोस्रो दिन दिल्ली क्यापिटल्स र किंग्स ११ पन्जाबबीचको खेलको छिनाफानो सुभर ओभरबाट संभव भयो ।
युएईको अन्तर्राष्ट्रिय मैदानमा दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो । किङ्स ११ पन्जाबले २० ओभरमै ८ विकेटको क्षतिमा १ सय ५७ रन जोड्दा खेल टाई भयो ।
सुपर ओभरमा किङ्स ११ पहिलो ब्याटिङमा गयो । सुपर ओभरमा दक्षिण अफ्रिकी बलर कागिसो रबाडाले घातक बलिङ गरे । उनले किङ्स ११ का लोकेश राहुल तथा निकोलास परनलाई आउट पारे । पहिलो बलमा लोकेशले २ रन मात्रै लिएका थिए ।
दिल्लीले सुपर ओभरमा ३ रनको लक्ष्य पायो । किङ्स ११ का लागि मोहमद सामीले बलिङ गरे । उनले पहिलो बल डट फ्याँके । अर्को बल वाइड भयो । दिल्लीका रिषभ पन्तले अन्तिम बलमा २ रन लिँदै दिल्लीलाई रोमाञ्चक जित दिलाए ।
यसअघि, पहिलो ब्याटिङ गरेको दिल्लीले गतिलो सुरुवात गर्न सकेन । लो स्कोरिङ गरेको खेलमा दिल्लीले सुरुवाती ५ विकेट गुमाउँदा ८७ रन बनाएको थियो ।
कप्तान श्रेयस इयेरले २९ रन, रिभष पन्तले ३१ रन तथा मार्कोस स्टोनिसले ५३ रन जोडेपछि दिल्लीले २० ओभरमा १ सय ५७ रन बनाउन सफल बन्यो ।
उक्त ब्याटिङ इनिङ्समा दिल्लीका लागि ‘म्यान अफ दी म्याच’ स्टोनिसले केवल २१ बलमा ३ छक्का र ७ चौकाको सहयोगमा ५३ रनको योगदान दिए ।
दिल्लीको ब्याटिङमा ८ ब्याटसम्यानले दोहोरो रन नै बनाएनन् । प्रत्युत्तरमा पन्जाब ११ का ब्याट्सम्यानले धैर्यता गुमाउँदा सहज लक्ष्य पनि पार गर्न सकेन ।
तस्बीर साभार : इङ्लिस जागरण डट कम
अझ इनिङकै अन्तिम बलमा पन्जाब ११ लाई १ रन चाहिएको थियो । क्रिस जोर्डनलाई स्टोनिसले आउट पार्दै खेललाई टाई बनाए । खेलम अन्तिम ओभर रोमाञ्चक बन्यो । दिल्लीबाट अन्ति ओभर स्टोनिसले गर्न आए । अन्तिम ओभरमा पन्जाबले १३ रन बनाउनुपर्ने थियो ।
क्रिजमा मायांक अग्रवाल थिए । उनले स्टोनिसको पहिलो बल छक्का रूपमा प्रयोग गरे । त्यसपछि अर्को बलमा मायांकले २ रन लिए । पन्जाबलाई अन्तिम ४ बलमा ५ रन मात्र चाहिएको थियो ।
मायांकले अर्को बलमा चौका प्रहार गर्दै खेललाई बराबरी बनाए । स्टोनिसले चौथो बल डट फ्याँके । पाँचौँ बलमा उनले मायांकलाई अक्षर पटेलबाट क्याच आउट गराए ।
अन्तिम बलमा सिमरोन हेटमेयरबाट जोर्डनलाई क्याच आउट गराउँदै स्टोनिसले पन्जाबलाई रोके । पन्जाबको ब्याटिङमा मायांक अग्रवालले ६० बलमा ७ चौका र ४ छक्का प्रहार गरी सर्वाधिक ८९ रन बनाएका थिए ।
तर, उनले आफ्नो टोलीलाई जित दिलाउन सकेनन् । यसैगरी कप्तान लोकेशले २१ रन बनाउन २ चौका र १ छक्का प्रहार गरे ।
यस संस्करणको तेस्रो दिन सोमबार रोयल्स च्यालेञ्जस बैङ्लोरले सन राइजर्स हैदराबादको सामना गर्नेछ । बैङ्लोरका कप्तानी विराट कोहली र हैदराबादको कप्तानी डेभिड वार्नरले गरिरहेका छन् । आईपीएमा अहिलेसम्म दुवै टोलीबीच १५ खेलमा प्रतिस्पर्धा भएको छ । जसमध्ये हैदराबादले ८ तथा बैङ्लोरले ६ खेलमा जित निकालेको छ । २०१६ को आईपीएल फाइनलमा हैदराबादले बैङ्लोरलाई ८ रनले हराउँदै उपाधि जितेको थियो ।
Related News
सम्बन्धित समाचार
फुटबलको राष्ट्रिय टिम पोखरामा
गण्डकी प्रदेश प्रधानमन्त्री कप क्रिकेटबाट बाहिरियो
क्यासल फुटसल कप हुने
व्यास अल्ट्रा म्याराथनको राशि बढ्यो
पोखरा स्पोर्टस् अवार्ड वैशाखमा
hero news full width
मुख्य समाचार
पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
माघ १०, २०७७स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन
माघ १०, २०७७मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
माघ १०, २०७७“हराउँदै गएका गीत नृत्यसँगै कला संस्कृति युवा पिँढीलाई हेर्न र सिक्ने अवसर”
माघ १०, २०७७इजलास छैन श्रीमानलाई
माघ १०, २०७७