पहिरो पीडितलाई रुपा युवा क्लवको सहयोग

भीमपाणि बराल
असाेज ५, २०७७
halp rupa

लेखनाथ, ५ असोज । गत भदौं २३ गते रुपा गाउँपालिका वाड नं ६ मा पहिरोमा परि ज्यान गुमाएकी सृजना सुनारको परिवारलाई रुपा युवा क्लव पोखरा–३२ लगाएतका सामाजिक संघ संस्थाहरुले सामुहिक रुपमा सहयोग गरेका छन् ।

क्लवकी सदस्य समेत रहेर विभिन्न साँस्कृतिक कार्यक्रममा सहभागी हुने सुनारको निधन प्रति दुःख ब्यक्त गर्दै क्लवको तर्फबाट नगद पाँच हजार पाँच, मेरिना कन्ट्रक्सनका संचालक धिरजकुमार श्रेष्ठबाट १० हजार १० र समाज कल्याण नेवाःखल पोखरा ३२ को तर्फबाट नगद पाँच हजार पाँच सहयोग गरिएको हो ।

पीडित परिवारको घरमा पुगेर क्लवका अध्यक्ष नवराज खड्का, संस्थापक अध्यक्ष धिरजकुमार श्रेष्ठ, सदस्य मनोज लामिछाने, मेरीना श्रेष्ठ, भक्त बहादुर खड्का, समाज कल्याण नेवाःखलका सदस्य सरोजकुमार श्रेष्ठ र वसन्त जोशीले सामुहिक रुपमा स्वर्गीय सुनारका बुवा काजी सुनार र भाई सन्दीप सुनारलाई उक्त सहयोग रकम हस्तान्त्रण गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width