कास्कीमा सक्रिय संक्रमित झण्डै ५ सय

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७७
Corona_dark

पोखरा, ५ असोज । कास्कीमा सक्रिय संक्रमितको संख्या झण्डै ५ सय पुग्न लागेको छ । सोमबार बिहानसम्म जिल्लामा ४ सय ८३ जना सक्रिय संक्रमित रहेका छन् ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये कास्कीमा कोरोनाबाट कुल संक्रमित, सक्रिय संक्रमित र मृत्युको ग्राफमा सबैभन्दा उच्च हुन पुगेको छ । कुल संक्रमित संख्या ८ सय १६ पुग्दा सक्रिय संक्रमितको संख्या ४ सय ८३ पुगेको हो । ३ सय २२ जना निको र ११ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

विगतमा अन्य जिल्लाको तुलनामा कमैमात्र संक्रमित रहेको कास्कीमा पछिल्ला केही महिना सो संख्या ह्वात्तै बढेको हो । सार्वजनिक यातायात तथा बजार खुला भएसँगै आगामी दिनमा संक्रमितको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

कास्कीमा हालसम्म संक्रमितमध्ये पुरुष ५ सय ४७ र महिला २ सय ६९ जना छन् । यस्तै, सक्रिय संक्रमितमा ३ सय ८ पुरुष र १ सय ७५ जना महिला आइसोलेसनमा छन् ।

प्रदेशको मुस्ताङ र म्याग्दीमा सक्रिय संक्रमित हाल शून्य छ । कास्कीपछि कम सक्रिय संक्रमित रहेका जिल्लामा क्रमशः नवलपरासी (बर्दघात सुस्ता पूर्व) ३ सय २६, लमजुङ १ सय ६४, तनहुँ १ सय ३४, गोरखा ७१, स्याङजा ६७, बागलुङ ३८, पर्वत ८ र मनाङ ३ जना छन् ।

गण्डकीमा संक्रमितमध्ये हालसम्म ३२ को ज्यान गएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width