बागलुङमा टिप्पर दुर्घटना २ घाइते

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७७
accident

बागलुङ, असोज ४ । बागलुङ नगरपालिका वडा नम्बर ४ मा ग १ क ४३५० नम्बरको टिप्पर दुर्घटना हुँदा टिपरमा सवार दुई जना घाइते भएका छन् ।

मध्यपहाडी लोकमार्गको सडक निर्माण गर्न सडकमा बिच्छाउने बेस लिन जादै गरेको टिप्पर बागलुङ नगरपालिका ४ ओढार चौर नजिकै दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख शिव पाठकले बताए ।

टिप्पर सडक देखि १५० मिटर तल खसेको पाठकले बताए टिप्पर चालक सहित दुई जना घाइतेलाई उपचारको लागि धौलागिरि अस्पताल पठाएको पाठकले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width