भर्चुवल वक्तृत्वकलामा मदरल्याण्डका अन्जन प्रथम

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७७
speech

पोखरा, ४ असोज । महानगरस्तरीय भर्चुअल वक्तृत्वकला प्रतियोगिता मदरल्यान्ड माविका अन्जन पौडेल प्रथम भएका छन् । संविधान दिवसका अवसरमा पोखरेली युवाहरुको संस्था आवाजले आयोजना गरेको हो ।

प्रतियोगितामा केफ माविकी जागृति अधिकारी द्वितीय र हिमालयन बोर्डिङ स्कुलकी अश्मि भण्डारी तृतीय भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ८ हजार, ४ हजार र २ हजार नगद र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा पोखराका १० विद्यालयका १२ जना कक्षा ९ र १०का विद्यार्थीहरु सहभागी थिए ।

कार्यक्रमका प्रमुख अतिथि माउण्ट अन्नपूर्ण स्कुल, नदीपुरका प्रिन्सिपल प्रदीपकुमार लम्सालले प्रतियोगी प्रस्तुती उपलव्धिमुलक रहेको बताए । यस्तै उनले आवाज संस्थाले आवाज विहीनहरुको आवाज बुलन्द बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

संस्थाका अध्यक्ष प्रकाश सुनारले कोभिड–१९ ले जनजिवनमा पारेको असरलाई चिरेर उठ्नका लागि सुरुमा विद्यार्थीहरुको मार्फत अगाडि बढाउनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।

प्रतियोगिताका निर्णायक डा. टेकनारायण पौडेलले वक्तृत्वकलाका नियमहरुकाबारे जानकारी दिँदै महामारीले मनोवैज्ञानिक प्रभावलाई झेलेर बसेका विद्यार्थीहरुका लागि कार्यक्रम अति उपयोगी रहेको बताए ।

उनले नेपालको संविधान जारी भैसकेको अवस्थामा पनि हाम्रो सामाजिक स्तरको चेतनामा थुप्रै परिर्वतन आउन बाँकी रहेको बताए । जुन परिर्वतनका लागि यस्तै खाले रचनात्मक कार्यक्रम गरेर मात्र नपुग्ने भन्दै विशेष गरी हाम्रो दृष्टिकोण र व्यवहारमा पनि परिवर्तन गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा नेपाल आइडल सिजन–२ का उपविजेता विक्रम वरालको विशेष प्रस्तुती समेत रहेको थियो ।

संस्थाका अध्यक्ष प्रकाश सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सदस्य अर्जुन परियारले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width