तस्बीर साभार : ट्रिबुना डट कम
पोखरा । स्पेनिस क्लब बार्सिलोनाले जोआन गाम्पर ट्रफीको साथ यस सिजनको ला लिगा फुटबलको यात्रा सुरु गर्दैछ ।
बार्सिलोनाले हालैमात्र जोआन गाम्पर ट्रफीको उपाधि जितेको छ । बार्सिलोनाले ला लिगामा खेल्नुअघि यो उपाधिबाट सिजनको सुरुवात गरेको हो । प्रि–सिजनको खेलअन्तर्गत शनिबार राति भएको खेलमा एल्चेलाई १–० गोलले पराजित गर्दै बार्सिलोनाले ट्रफी उचाल्न सफल भएको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन एन्टोनियो ग्रिजम्यानले निर्णायक गोल गरे । उनले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए ।
आठौं पटक जोआन गाम्पर ट्रफी जित्ने क्रममा क्लबका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले मुख्य खेलाडीहरुलाई मैदान उतारेका थिए ।
ला लिगाअन्तर्गत बार्सिलोनाले सिजनको पहिलो खेलमा भिल्लारियलसँग प्रतिस्पर्धा गर्दै सुरुवात गर्नेछ ।