म्याग्दी, ४ असोज । बागलुङको ढोरपाटनका बाढी प्रभावित परिवारलाई ११ लाख ४४ हजार रुपैयाँ नगद सहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ । युसबी सेवा, गलकोट युसबी सेवा प्रा.लि. र इन्साइड बागलुङमा आबद्ध युवाहरुको पहलमा सङ्कलित राहत शुक्रबार बाढीग्रस्त क्षेत्रमै पुगी वितरण गरिएको हो । बाढीमा परी ज्यान गुमाएकाका परिवारलाई १९ हजारका दरले किरिया खर्च र प्रति मृतक पाँच हजार रुपैयाँका दरले थप रकम दिइएको युसबी सेवाका अध्यक्ष आकाश युसबी थापाले जानकारी दिए ।
‘पाँच जना सदस्य गुमाएको परिवारले ४४ हजार रुपैयाँ राहत रकम पाउनुभएको छ’,–उनले भने । उनका अनुसार २२ मृतक परिवारले कुल ६ लाख १३ हजार राहत रकम पाएका हुन् । यस्तै घाइते दुई जनालाई दश÷दश हजार, बाढीले पूर्ण क्षति पु¥याएका ५५ घरका परिवारलाई आठ हजार रुपैयाँका दरले राहत प्रदान गरिएको हो । आंशिक क्षति पुगेका ६१ मध्ये चार घरले चार हजार रुपैयाँ र अन्यले एक हजार रुपैयाँका दरले राहत बुझेका थिए । बाढीग्रस्त क्षेत्रका बालबालिकाको मनोबल बढाउन खेलौना र स्टेशनरी सामग्रीसमेत वितरण गरिएको गलकोट युसबी सेवा प्रालिका अध्यक्ष केशवविक्रम सिँहले बताए ।
‘बाढी प्रभावितका लागि सेनिटाइजर, मास्क, साबुनलगायतका स्वास्थ्य सामग्री पनि प्रदान गरिएको छ’,– उनले भने । बाढीको घटना थाहा पाउनसाथ तीनै संस्थाका युवाहरु मिलेर राहत अभयिान थालेका थिए । बाढी प्रभावितको राहतका लागि देश–विदेशमा रहेका नेपालीहरुबाट स्वतःस्फूर्त रुपमा सहयोग जुटेको युसबी सेवाका अध्यक्ष थापाले बताए ।
यसैगरी, जिल्लाको तमानखोला, निसीखोला, बडिगाड, ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका विपद् प्रभावित परिवारलाई पनि राहत बाँड्ने योजना रहेको अध्यक्ष थापाले सुनाए । राहत अभियानमा अध्यक्ष थापा, अध्यक्ष सिँह, इन्साइड बागलुङका संस्थापक राजकुमार श्रेष्ठ, सदस्य जीवन मल्ल, डिकु ठकुरी, धु्रव शेरचन, दीपेन्द्र श्रेष्ठ, यामु पौवी, राजकुमार रसाइली, भीमु क्षत्री, दिलीप खत्री, उपेन्द्रबम मल्लगायत सक्रिय थिए ।
गत भदौ १७ गते भूजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिका–९ का २१ र गलकोट नगरपालिका–४ का एक जनाको ज्यान लिएको थियो । १६ जना अझै बाढीमा बेपत्ता छन् । बाढीले १२० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पु¥याएको छ । सडक, विद्यालय, सामुदायिक स्वास्थ्य इकाई, लघुजलविद्युत् आयोजना, झोलुङ्गे, ढलान र काठे पुललगायतका दर्जनौँ भौतिक संरचना क्षतिग्रस्त बनेका छन् । बाढी प्रभावितको पुनःस्थापनाका लागि देश–विदेशमा सहयोग अभियान चलाइएको छ ।
Related News
सम्बन्धित समाचार
पाेखराका हार्डवयर व्यवसायीद्वारा मुसहरवस्तीमा न्यानो कपडा वितरण
भाडाका घरमा गाउँका ‘सिंहदरबार’
एक्यापको म्याद सकियो, प्रदेश मातहत ल्याउने प्रयास
‘नेकपा नफुट्दासम्म कांग्रेसले चलखेल गर्दैन’
पास भयो संकल्प प्रस्ताव: अनुगमन गर्न ९ सदस्यीय समिति
hero news full width
मुख्य समाचार
संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
माघ १३, २०७७काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७सिनेमा संवाद @ घान्द्रुक
माघ १३, २०७७सातै प्रदेशमा पुग्यो कोरोनाको खोप, पहिलो डोज भोलि
माघ १३, २०७७नरोऊ मायालु…
माघ १३, २०७७