चीनमा फिल्म हल संचालनमा सहजता

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७७
film hall

पाेखरा, ४ असोज । चीनले सिनेमा हल र अन्य प्रदर्शन स्थलहरूमा कोभिड–१९ नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्ध थप खुकुलो बनाएको छ ।

यो वर्षको सुरूदेखि नै कोभिड–१९ नियन्त्रणका लागि भन्दै सिनेमा हल तथा अन्य नाटक प्रदशर्नीमा प्रतिबन्ध लगाएको थियो । तर चीनमा महामारी नियन्त्रणमा आएपछि गत महिनादेखि सिनेमा हल तथा नाटक प्रदर्शनलगायतमा सिमित दर्शक राखी सञ्चालन गर्ने अनुमति दिएको थियो ।

उक्त दायरालाई फराकिलो पार्दै छिट्टै प्रतिबन्धलाई थप खुकुलो बनाउने चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले विज्ञप्ति जारी गरेको छ । आगामी दिनमा हलमा दर्शक सङ्ख्या ७५ प्रतिशत राख्न पाउने पनि मन्त्रालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width