पोखरामा १३ जना कोरोना संक्रमित थपिए

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७७
corona_1

पोखरा, ३ असोज । पोखरामा थप १३ जनामा कोरोना संक्रमण देखा परेको छ ।

तीमध्ये पोखरा– का ४१ वर्षीया पुरुष चिकित्सक हुन् । बाँकी सबै जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षणका लागि आएका मानिसहरु हुन् । १३ जनामध्ये २ जना महिला छन् ।

यसैगरी, गण्डकी प्रदेशमा शनिबारमात्रै ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरका ४५ जना, तनहूँका ३, स्याङ्जाका २, पर्वत २ र लमजुङका १ जनामा संक्रमण देखिएको हो।

यो सहित गण्डकीमा कुल संक्रमित संख्या ३ हजार ४ सय २ पुगेको छ । तीमध्ये ३२ जनाको मृत्यु भएको छ । २ हजार ५७ जना निको भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width