खोलाले बगाउँदा बाबुछोरी बेपत्ता

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७७

कावासोती । पूर्वी नवलपरासीको अरुणखोलामा बाढीले बगाई ल्याएको दाउरा झिक्ने क्रममा खोलाले बगाउँदा बाबुछोरी बेपत्ता भएका छन् ।

मध्यविन्दु नगरपालिका १५ र १२ सिमानामा पर्ने अरुणखोलाले बगाई ल्याएको दाउरा झिक्नेक्रममा बाबाआमा र छोरी गरी ३ जनालाई बगाएको थियो । आमाको सकुशल उद्धार भएपनि बाबुछोरी अझै पनि बेपत्ता रहेको नवलपुर प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो २ बजेतिरको समयमा मध्यविन्दु १५, भ्यूरान निवासी ४५ वर्षीय भूपाल क्षत्री र निजकी छोरी १४ वर्षीया छोरी सुजिता क्षत्रीलाई खोलाले बगाएको हो । भूपालकी श्रीमती ४३ वर्षीया सानी क्षत्रीलाई भने स्थानीयले सकुशल उद्धार गरे ।

बेपत्ता बाबुछोरीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width