बालिकालाई यौन दुव्यर्वहार गरेको अभियोगमा युवक पक्राउ

आदर्श समाज सम्वाददाता
असाेज २, २०७७
rape-balatkar

पोखरा, २ असोज । पोखरामा ९ वर्षीया बालिकालाई यौन दुव्यर्वहार गरेको अभियोगमा एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका वडा ६ घर भइ हाल पोखरा महानगरपालिका वडा १९, लामाचौर बस्ने ३२ वर्षीय विकास बिक हुन् ।

निजले भदौ ३० गते दिउँसो ४ बजेको समयमा ती बालिकालाई ललाई फकाई एकान्त स्थानमा गरी करणीको आशय राखी यौन दुव्यर्वहार गरेको जाहेरी आधारमा भदौ ३१ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निज विरुद्ध बाल यौन दुरुपयोग कसूरमा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

पोखरामा केही सातायता लगातारजसो यौन दुव्यर्वहार तथा करणीका घटना सार्वजनिक भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width