पाल्पा, २ असोज । पाल्पाको दमकडा माध्यमिक विद्यालयले स्थापनाको ६४ औं वार्षिकोत्सव भर्चुअल साझा संवाद कार्यक्रम गरी मनाएको छ ।
कोभिड १९ ले भौतिक उपस्थितिमा वार्षिकोत्सव आयोजना गर्न नपाए पछि विद्यालयले जुम सफ्टवयरको प्रयोग गरी ‘दमकडा हिजो, आज र भोलि’ साझा संवाद कार्यक्रम गरको हो । दमकडा कन्क्लेभ नामदिएको त्यो छलफलमा मन्त्री, सचिव, शिक्षाविद्, शिक्षक र विद्यार्थीहरूले भाग लिए ।
कार्यक्रममा ‘दलानदेखि छाप्रोसम्म, देउरालीदेखि दमकडासम्म’ विषयमा पूर्व प्रधानाध्यापक राधाकृष्ण शर्मा, स्थापनाकालका विद्यार्थी तारानाथ सुवेदी र इतिहासविद् प्रा.डा भवेश्वर पंगेनीबीच आधुनिक शिक्षाका सन्दर्भमा देउरालीमा सञ्चालित पाठशालाका बारेमा छलफल भएको परेवालाई जानकारी प्राप्त भएको छ । विद्यार्थी विनिता पराजुलीलले सहजीकरण गरेको त्यो शत्रमा २०१३ सालमा समुदायको त्यो उत्साहपूर्ण विद्यालय सञ्चालनगर्ने अठोट सबैका लागि प्रेरणादायी अभियान भएको बताईन् ।
‘शैक्षिक पहिचान, दमकडा माविको वर्तमान’ विषयमा विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्मा र तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीबीच प्यानल छलफल भयो । पूर्व विद्यार्थी लक्ष्मण देवकोटाले सहजीकरण गरेको त्यो शत्रका सहभागीहरूले नेपालका सामुदायिक विद्यालयहरूमा दमकडा माध्यमिक विद्यालय हातका औंलामा गन्न सकिने अवस्थामा पुग्ने विश्वास गरेका छन् ।
‘शिक्षामा सरकार र समुदायको लागत, दमकडा माध्यमिक विद्यालयको सुनौलो आगत’ विषयक दमकडा कन्क्लेभमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्याल, भूमि व्यवस्था, सहकारी तथा गरिवी मन्त्रालयका सचिव टेकनारायण पाण्डे र पूर्व विद्यार्थी विनोद रेग्मी सहभागी थिए । पूर्व विद्यार्थी अच्यूत पाण्डेयले सहजीकरण गरेको यो शत्रका सहभागीहरूले कक्षाकोठामा सिकाईलाई केन्द्रित र सुविधा सम्पन्न विद्यालय निर्माण गर्न सके दमकडाको भविष्य छ भन्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रतिनिधि सभा सांसद पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले विद्यालयले नविनतम् आयामहरू र विषयहरू सञ्चालन गर्दै जाने हो भने पाल्पालाई शैक्षिक केन्द्र बनाउने अभियानमा ठूलो योगदान दिने विश्वास व्यक्त गरे । कार्यक्रममा पाटन उच्च अदालतका न्यायधीश सरला पाण्डे, जिल्ला विकास समितिका पूर्व सभापति प्रेमनाथ बस्याल, विद्यालयका पूर्व प्रधानाध्यापक श्रीधरप्रसाद घिमिरे, दुर्गाप्रसाद अर्याल, स्थानीय जनप्रतिनिधि विनिता लुइटेल, पूर्व विद्यार्थीहरूले अनुभव र भविष्यमा विद्यालयले गर्न सक्ने योजनाका बारेमा आफ्ना धारणा प्रस्तुत गरे ।
भर्चुअल छलफलमा विद्यालयको इतिहास भिडियो सामग्री, कोभिड १९ मा सञ्चालित वैकल्पिक शिक्षा सम्बन्धी वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो । कार्यक्रम विद्यालयका शिक्षक जीवन आचार्य र प्रकाश पंगेनीको सञ्चालन, अध्यक्ष राजेशकुमार अर्यालको अध्यक्षतामा चलेको थियो । विद्यालयले वार्षिकोत्सवका अवसरमा जिल्लास्तरीय अनलाइन कविता प्रतियोगिता समेत आयोजना गरेको थियो ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१