पाल्पामा कोरोना संक्रमितको मृत्यु

आदर्श समाज सम्वाददाता
असाेज २, २०७७
covid 19 corona banner

पाल्पा, २ असोज । पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । तानसेन–७ का ५२ वर्षीय पुरुषको तानसेन–१ बृद्धाश्रममा निर्माण गरिएको आइसोलेसन सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

कलेजोमा समस्या देखिएपछि उनलाई भदौ २१ गतेदेखि मिसन अस्पतालमा उपचारका लागि भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । कोरोना भाइरसको लक्षण देखिएपछि अस्पतालले स्वाब परीक्षणका लागि भैरहवा पठाएको थियो । उनलाई थप समस्या देखिएपछि उपचारका लागि बुटवलको कोभिड अस्पतालमा पठाइएको मिसन अस्पताल पाल्पाका व्यवस्थापक जीवन भट्टराईले बताए ।

बुटवल र भैरहवाका कुनै पनि अस्पतालमा भर्ना नलिएपछि उनलाई पुन तानसेनकै वृद्धाश्रम ल्याएर उपचार गरिएको थियो । उनको शवलाई नेपाली सेनाको टोलीले प्रहरी र अस्पतालको समन्वयमा पाल्पाको चरचरेमा व्यवस्थापन गरेको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि पूर्वखोलाका एक जना पुरुष र तानसेनकी एक महिलाको मृत्यृ भएको थियो ।

जिल्लामा अहिलेसम्म ६ सय ८२ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये ५ सय ८० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालयको असोज १ गतेसम्मको तथ्याङ्क अनुसार माथागढीका ३० जना, रामपुरका १ सय १९ जना, पूर्वखोलाका १ सय ६० जना, रैनादेवी छहराका ३९ जना, रम्भाका ४८ जना, बगनासकालीका ४२ जना, तिनाउका १५ जना, रिब्दीकोटका ९ जना, निस्दीका ९९ जना, तानसेनका १६ जना, गुल्मीका २ जना र अर्घाखाँचीका १ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

पाल्पामा समुदायस्तरका ९६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले होम आइसोलेशनमा रहेका संक्रमितलाई लक्षण नदेखिएपछि परीक्षण बिनै घर पठाइने गरिएको छ ।

अहिलेसम्म माथागढीका ५ जना, पूर्वखोलाका १ जना, रामपुरका २ जना, रैनादेवी छहराका ६ जना, बगनासकालीका १० जना, तिनाउका १० जना, रम्भाका १८ जना, तानसेनका २५ जना, १८ जनामा संक्रमण देखिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width