बुद्ध विशाल बजारमा २५ प्रतिशतसम्म छुट

आदर्श समाज सम्वाददाता
असाेज २, २०७७
bishal-bazzar

पोखरा २ असोज । नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्ध विशाल बजारमा ग्राहकहरुलाई सामान खरिदमा विषेश छुट दिइने भएको छ ।

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष केशव बहादुर खत्रीले हरेक सामान खरिदमा १० देखी २५ प्रतिशतसम्म छुटको व्यवस्था गरीएको बताए । साथै चाडपर्व अवधिभर शनिवार पनि बजार खुला रहने छ ।

आउने ग्राहको स्वास्थ्य सुरक्षालाई ध्यान राखेर गेटमा हात धुने, ज्वरो नाप्ने, माक्स लगाउने, सेनेटाइजर लगाएर मात्र भित्र जान पाईने व्यवस्था गरिएको छ । साथै, सम्पूर्ण व्यवसायीहरुले सामाजिक दुरीको साथ पसल सञ्चालन भईरहेको पनि अध्यक्ष खत्रीले आग्रह गरेका छन् ।

‘उपहार पहिले पहिले नगद १० देखि २५ प्रतिशत छुट अहिले’ भन्ने नाराका साथ बुद्ध विशाल बजारका हरेक पसलहरूमा यो छुटको ब्यवस्था मिलाइएको खत्रीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width