पाल्पा प्रहरी प्रमुखमा भट्टराई

भोजराज भट्टराई
असाेज २, २०७७
Santosh K. Bhattarai

पाल्पा, २ असोज । महानगरीय अपराध महाशाखा काठमाडौंले जिल्ला प्रहरी कार्यालय पाल्पामा सन्तोषकुमार भट्टराईलाई सरुवा गरी पठाएको छ ।

महानगरीय अपराध महाशाखामा प्रहरी नायब उपरीक्षक (डिएसडी) पदमा कार्यरत भट्टराई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवासहित जिल्ला प्रहरी कार्यालय पाल्पा प्रमुखमा सरुवा भई आएका हुन् । उनले भाद्र १० गतेदेखि पाल्पा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।

कोरोना भाइरसलक्षित गरी सरकारले लगाएको लकडाउन निषेधाज्ञा लगायत कार्यक्रम केही खुकुलो भएसँगै कोभिड फोकसका कार्यक्रम र शान्ति सुरक्षाका कार्यक्रमलाई स्वास्थ्य सम्बन्धी सुरक्षा प्रोटोकल अपनाई सूचारु गरिने भट्टराईले परेवालाई जानकारी दिए । नयाँ प्रहरी प्रमुख आएसँगै जिल्लामा शान्तिसुरक्षा लगायत विषयमा समेत परिवर्तन आउने जिल्लाबासीले अपेक्षा गरेका छन् ।

यसैबीच, अघिका पाल्पा प्रहरी प्रमुख महानगरी दंगा नियत्रण गण त्रिपुरेश्वरमा सरुवा भई गएका छन् । यसअघिका प्रहरी प्रमुखले जिल्लामा आइजाइ हुँदा सञ्चारकर्मीहरूसँग परिचय संवाद कार्यक्रम राख्ने गरेकोमा यसपटक भने कोभिड संक्रमण त्रासका कारण भेटघाट कार्यक्रमले निरन्तरता पाउन सकेन ।

Related News

सम्बन्धित समाचार

hero news full width