बागलुङ, २ असोज । सामाजिक उत्तरदायित्वको भावनालाई मध्यनजर गरि बागलुङ जिल्लामा रहेका बैंक तथा बित्तीय संस्थाले ढोरपाटन नगरपालिकामा गएको पीडित लाई सहयोग हस्तान्तरण गरेको छ ।
बागलुङ सदरमुकाममा एक कार्यक्रम गरि ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीलाई जिल्लामा क्रियाशील २८ वटा बैंकर्सको तर्फबाट जिल्ला अध्यक्ष दीपक शर्माले संकलन भएको नगद १ लाख १ हजार १ सय ११ रूपैयाँ हस्तान्तरण गर्दै बैंकको काम नाफा कमाउनु मात्रै हैन सामाजिक उत्तरदायित्वको पनि भएको नाताले सहयोग गरेको बताए ।
ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले बागलुङको पर्यटकीय केन्द्र ढोरपाटनमा भाद्र १५ गते गएको बाढीपहिरो बाट ठूलो धनजनको क्षति पुगेको त्यहाँ १४४ वटा भन्दाबढी घर पुर्ण रूपमा क्षति पुगेको हुदा नयाँ भवन बनाउन आफुले पहल गर्ने बताए ।
अहिले राहतको नाममा सहयोगमा कुनै खालको गडबड नभएको आफुले पारदर्शी ढंगले काम गरेको एक एक रूपैयाँको हिसाबकिताब देखाउन तयार भएको नगर प्रमुख नेपालीले प्रतिबद्धता जनाएका थिए ।
बैंकर्स बागलुङका अध्यक्ष दीपक शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष उपेन्द्र गौतम संचालन सचिव ओम प्रकाश पौडेलले गरेका थिए ।
बैकर्सले बागलुङ जिल्लाको जैमुनी नगरपालिकामा बाढी पहिरो बाट धनजनको क्षति पुर्याएको परिवारलाई ३२ हजार ८ सय ४४ रूपैयाँ सहयोग गरेको अध्यक्ष पौडेलले बताए ।
बागलुङ जिल्लामा क्रियाशील बाणिज्य बैंक बिकास बैंकमा काम गर्ने कर्मचारीहरूले ब्यक्तिगत रूपमा सहयोग गरि जिल्लामा धनजन गुमाएका परिवारलाई केही राहत होस भन्ने उदेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेका थिए ।
Related News
सम्बन्धित समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
आवश्यक परे प्रदेशको नाम फेर्न सकिन्छ : सभामुख अधिकारी
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
चितवनमा भूमिहीनलाई जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु
प्युठानमा सुत्केरीको मृत्यु
hero news full width
मुख्य समाचार
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७