जरोटुप्पोले सचेतनासहित बहस चलाउने

आदर्श समाज सम्वाददाता
असाेज २, २०७७
FB

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले शनिवार बहस चलाउने भएको छ ।

संविधान दिवस पारेर पोखरामा कोरोना सचेतनासहित धर्म–अर्थ–काम र मोक्ष विषयक विचार गोष्ठी सञ्चालन गर्ने भएको हो ।

विचार गोष्ठीसहित संस्थाको प्रथम साधारणसभा र साहित्यकार गीता भट्टराईको स्मृति सभासमेत आयोजना गरिने प्रवक्ता ताराबहादुर गुरुङले जानकारी दिए ।

विचार गोष्ठीमा धर्मबारे विश्वप्रकाश लामिछाने, अर्थबारे आनन्दराज मुल्मी, कामबारे सावित्री गौतम र मोक्षबारे डा.लेखनाथ आचार्यले आ–आफ्ना विचार राख्ने अध्यक्ष डा नारायणप्रसाद अधिकारी बताउँछन् ।

सशक्त कवि गीता भट्टराइको असामयिक निधनप्रति संस्थाले गहिरो समवेदना व्यक्त गर्दै भट्टराइको निधनले नेपाली वाङ्मयको क्षेत्रमा अपुरणीय क्षति पुगेकाले उनको श्रद्धाञ्जली सभामा कृतित्व र व्यक्तित्वमाथि प्रकाश पारिने सदस्य छन्दिका त्रिपाठी बताउँछिन् ।

संस्थाद्वारा कोरोना सचेतना सामग्री वितरण गरी सामाजिक दूरी कायम गर्दै सीमित समूहमा उक्त कार्यक्रम आयोजना गरिने बताइएको छ ।
कोरोना सचेतनाका लागि लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले सचेतना सामग्री, मास्क र स्यानिटाइजर उपलब्ध गराएको संस्थाका सदस्य सुमन श्रापितले जानकारी दिए ।

२०७६ ज्येष्ठ ३ गते स्थापना भएको जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले समसामयिक विषयका विभिन्न वहस, पैरवी गर्दै साहित्यको उन्नति, देशभक्ति र राष्ट्रिय एकताका पक्षमा वकालत गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…
  • सरसफाइ विज्ञ भूमिको पुस्तक विमोचन   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    दमौली ।  सरसफाइ विज्ञ नमस्तेलाल भूमिबारेमा लिखित ‘नमस्तेलाल देशभित्र, देशबाहिर’ पुस्तकको आज विमोचन गरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका निवासी…
  • ठूलाकोटमा अक्षरयात्राको २०९ औं शृंखला

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । गजल सन्ध्या र नवनीत साहित्य सागर आयोजनामा सञ्चालन हुँदै आएको अक्षरयात्राको २०९ औं शृंखला पोखरा २८ ठूलाकोटमा सम्पन्न…

hero news full width