Worldlink ads

दुई महिनादेखि कृषि विश्वविद्यालयमा तालाबन्दी

rss रासस
असाेज २, २०७७
krishi university

चितवन, २ असाेज । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै लाग्दासम्म खुल्न सकेको छैन । पदाधिकारीको अभावमा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ ।

विश्वविद्यालयको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको नेतृत्वमा अस्थायी र करार कर्मचारीहरु सहितले विश्वविद्यालयमा साउन १२ गते तालाबन्दी गरेका हुन् । उनीहरुले केन्द्रीय कार्यालयसँगै कृषि र भेटेरिनरी सङ्कायमा पनि तालाबन्दी गरेका छन् । सङ्गठनका अध्यक्ष अचल शाक्यले त्यहाँ कार्यरत २४ करार कर्मचारीलाई स्थायी र ८५ ज्यालादारी कर्मचारीलाई करारसहितका विभिन्न माग राख्दै तालाबन्दी गरिएको बताए ।

हाल उपकुलपतिको जिम्मेवारी पाएका डा शारदा थपलियाले आफ्नो अधिकारबाहिर गएर अन्य सबै काम गरेको भए पनि आफ्ना मागहरु सम्बोधन गर्ने विषयमा अनुदार भएकै कारण तालाबन्दी गर्नुपरेको शाक्यको भनाइ छ ।

यता थपलियाले अहिले तत्काल सङ्गठनको माग सम्बोधन गर्न नसकिने जानकारी दिनुभयो । उनले भने, “नेपाल सरकारको नीति नियमले उहाँहरुले भने जस्तो गरी माग सम्बोधन गर्न सकिँदैन, यस विषयमा वार्ताका लागि अनुसन्धान निर्देशक डा नवराज देवकोटाको संयोजकत्वमा समिति बनाइएको छ तर उहाँहरू वार्ता गर्न आउनुुभएको छैन ।” सो विश्वविद्यालयमा एक वर्षअघि दैनिक काम काज गर्ने गरी जिम्मेवारी पाएका थपलियाले नै उपकुलपतिको काम गर्दै आएका छन्।

विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष र रजिष्ट्रार पद रिक्त छ । कृषि र भेटेरिनरी सङ्कायमा निमित्तको रुपमा उपकुलपतिको जिम्मेवारी पाउनुभएका थपलियाले निमित्त डीनहरु नियुक्त गरेका छन् । अधिकांश पदाधिकारी निमित्त भएकाले विश्वविद्यालय पछिल्लो समय अस्तव्यस्त बनेको हो । रजिष्ट्रार नहुँदा विश्वविद्यालयसभा अझै हुन सकेको छैन ।

Related News

सम्बन्धित समाचार

    • जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको सहयोग

      Avatar आदर्श समाज सम्वाददाता माघ ११, २०७७
      पोखरा । जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठान, नेपालबाट प्रकाशित विभिन्न पुस्तक पृथ्वीनारायण क्याम्पस नेपाली विभागलाई हस्तान्तरण गरिएको छ । प्रतिष्ठान अध्यक्ष…
    • जनप्रिय माविले मनायो ५२ औं वार्षिकोत्सव

      Avatar आदर्श समाज सम्वाददाता माघ ११, २०७७
      पोखरा। जनप्रिय माध्यमिक विद्यालयले ५२ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा अभिभावक भेला एवं पुरस्कार वितरण भयो । पोखरा ८…
    • केशवराज रेग्मी प्रतिष्ठानद्वारा सम्मान

      Avatar आदर्श समाज सम्वाददाता माघ ११, २०७७
      पोखरा । संस्कृत भाषामा अध्ययन गर्ने विद्यार्थीको संख्या कम हुँदै जान थालेपछि यसप्रति आकर्षण बढाउन आवासीय पठनपाठन पनि सुरुआत भइरहेको…
    • स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन

      Avatar आदर्श समाज सम्वाददाता माघ १०, २०७७
      काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगका शुल्क निर्धारण सिफारिस कार्यदलले पेस गरेको शुल्क घटाउन निर्देशन दिएका छन्…
    • ‘नेपाली भाषा विषयको अवमूल्यन नगर’

      Avatar आदर्श समाज सम्वाददाता माघ ८, २०७७
      पोखरा । नेपाली भाषा शिक्षक परिषद् कास्कीले केही विद्यालयले कक्षा ११ को अनिवार्य नेपाली विषयलाई पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेभन्दा…

    hero news full width

    sanil ads

    wordlink ads