गरिमाको एकै दिन ६ शाखा संचालन

आदर्श समाज सम्वाददाता
असाेज १, २०७७

पोखरा, २ असाेज । गरिमा विकास बैंकले बिहीबार एकै दिन थप ६ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले उपत्यकाबाहिर नवलपुरको गैँडाकोट, रुपन्देहीको कोटिहवा, रौतहटको चन्द्रपुर, धनुषाको जनकपुर, काठमाडौंको ढुङ्गेधारा र ललितपुरको इमाडोलमा गरी ६ नयाँ शाखा संचालनमा ल्याएको जनाएको हो ।

योसँगै बैंकको काठमाडौं उपत्यकाभित्र १३ वटा शाखासहित देशभर ९७ शाखा कार्यालय पुगेका छन् ।

काठमाडौंको लाजिम्पाटमा प्रधानकार्यालय रहेको गरिमाले हाल ५१ एटीएम संचालनमा ल्याएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले गरिमा रेमिटका १० हजार बढी एजेन्टमार्फत ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width