दमौली, २ असाेज । पृथ्वी राजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका १, डुम्रे सडक छेउको एउटा टेबलमा चामल, दाललगायत अन्य खाद्यान्नका पोकाहरु राखिएका छन्। नजिकैको फ्लेक्समा अंकित छ–फूड बैंक।
निःशुल्क दामचामल पाइन्छ भननी बिहानै त्यहाँ पुगेका मजदुर जुठे थापा दंग देखिन्थे । उनले भने, ‘यो हामीजस्तालाई ठूलो राहत भयो नि हजुर ।’ जुठेले केही पोका चामल र दाललगायत खाद्यान्न त्यहाँबाट लगे।
कोरोना महामारी बेला बन्दाबन्दीले महिनौंदेखि बेरोजगार र बेखर्ची भएको उनी बताउँछन् । कोरोना संक्रमण तथा लकडाउन कारण हातमुख जोर्न सकस भएका जुठेजस्ता थुप्रै मजदुर फूड बैंकबाट लाभान्वित भएका छन्। भोकभोकै बस्नुपर्ने बाध्यता यो अभियानले अन्त्य गरिदिएको छ।
फूड बैंकमा आउनुअघि जुठे कति दिन भोकै बस्नुपरेको पीडा सुनाउँछन् । जुठेसँगै फूडबैंकमा राहत लिन पुगेका अर्का रामबहादुर खुसी देखिन्छन्। उनी भन्छन्, ‘हामीजस्ताको पेटको पीडा बुझ्ने मानिस पनि हुँदा रहेछन् । नत्र हामी भोकभोकै मर्नुपर्ने थियो ।’
अन्य जिल्लामा लकडाउनको पहिलो चरणमा केही युवाले थालेको अभियान यतिखेर देशव्यापी बनेको छ। यसलाई फूड बैंकको नाम दिइएको छ। दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउनेलाई राहत दिने उद्देश्यले स्थानिय युुुुुनिटी ग्रुपले फूड बैंक संचालनमा ल्याएको छ । अभियानमा अहिले स्थानीय सहयोग र सहभागिता बढेको छ। दैनिक जीवनयापनमा आएको जटिलता र रोजीरोटी गुमाएका मजदुर परिवारलाई लक्षित गरी यो कार्यक्रम सञ्चालनमा ल्याएको ग्रुपका संयोजक विक्रम गुरुङले जानकारी दिए । उनका अनुसार कोही पनि भोकै बस्नु नपरोस् भन्ने उद्देश्यसाथ सञ्चालनमा ल्याइएको फूड बैंकबाट हालसम्म करिब १ सय ५० जनाले खाद्यान्न सामाग्री प्राप्त गरिसकेका छन् ।
‘मजदुर परिवारका पीडा र विशेष गरी भोको पेटलक्षित गरी फूड बैंक सञ्चालनमा ल्याएको हो,’ विक्रम गुरुङ भन्छन्, ‘फूड बैंकमा आधि केजी दाल, दुई केजी चामल, नुन लगायत खाद्यसामग्री राखिएको छ ।’
फूड बैंक डुम्रेबाट सुरु गरिएकोमा भानु नगरपालिका लगायत आसपास क्षेत्रमा सेवा प्रदान गरिएको छ । उनले भने, ‘बिहान र साँझको समयमा विभिन्न ठाउँमा गएर फूड बैंक सञ्चालन गरिन्छ । धेरैलाई अहिले राहत मिलेको छ । ’ स्थानीय सरकारसँग समन्वय गर्दै संचालन गरिएको यो अभियानको बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिं गुरुङले शुभारम्भ गरेका थिए। समान दिन र लिन आउनेका लागि सुरक्षाका मापदण्ड अपनाइएको छ ।
राहत लिनुअघि स्यानिटाइज्ड गर्ने, सामाजिक दूरी कायम गर्ने र मास्कको व्यवस्था मिलाइएको छ । फूड बैंकसम्म आउन नसक्नेहरुका लागि भने सुरक्षित तवरले घरसम्म नै खाद्यान्न पु¥याउने व्यवस्था समेत मिलाइएको छ ।
Related News
सम्बन्धित समाचार
सुनसान ‘अष्ट्रेलियन क्याम्प’ अझै
नेकपा एकीकरणमा सर्वोच्चको धक्का : गण्डकी सरकार हाइसञ्चाेमा
वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
hero news full width
मुख्य समाचार
पोखराको टुँडिखेलमा भेट्रान्स फुटबलको रौनक
टी–ट्वान्टी क्रिकेट : उपाधिका लागि जनकपुर र चितवन भिड्ने
फागुन २४, २०७७गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान
फागुन २४, २०७७पुनस्र्थापित संसदको पहिलो बैठकमै अवरोध
फागुन २४, २०७७संसद् बैठकमा सभामुखको लिखित मन्तव्य
फागुन २३, २०७७ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
फागुन २३, २०७७