अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ: ट्रम्प

रासस
असाेज १, २०७७
Covid Vaccine_Russia

फाेटाेः एएफपी

वासिङ्टन, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन् ।

उनले सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने तयारी भइरहेको बताए ।

कोरोनाभाइरस विरुद्धको खोप तयार हुँदैछ, हामी आगामी अक्टोबर महिनामा त्यसलाई वितरण गर्नसक्ने अवस्थामा पुग्ने विश्वास लिएको छु, यो सबैका लागि धेरै उपयोगी र प्रभावकारी हुनेछ, उनले भने ।

उनले थपे, “यसलाई कहिलेदेखि वितरण गर्न सकिनेछ भन्ने कुरा जतिसक्दो चाँडो घोषणा गर्ने तयारी भइरहेको छ ।”

उनले अक्टोबरको मध्यसम्ममा कोरोनाविरुद्धको खोप प्रयोगमा आउने अनुमान गर्दै केही गरी ढिला भएमा केही दिन मात्रै ढिला हुनसक्ने बताए ।

आफूले जतिसक्दो चाँडो कोरोना नियन्त्रणका प्रयासहरू गरिरहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले डेमोक्र्याटतर्फका आफ्ना प्रतिस्पर्धीले भने त्यसलाई रोक्न सक्ने आरोप पनि लगाए ।

कोरोनाभाइरसबाट अति प्रभावित भएको अमेरिकामा अहिलेसम्म ६६ लाख १६ हजार ४ सय ५८ जना सङ्क्रमित भएका छन् भने कोरोनाकै कारण १ लाख ९६ हजार ४ सय ३६ जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width