नयाँ दिल्ली, १ असोज । भारतमा कोरानोभाइरसबाट संक्रमितहरुको संख्या ५१ लाख नाघेको छ । भारतीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार यहाँका संक्रमितको संख्या ५१ लाख १८ हजार २५४ जना पुगेको हो ।
भारतीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९७ हजार ८९४ जना थप संक्रमित थपिएका पनि बताइएको छ ।सोही अवधिमा एक हजार १३२ जना संक्रमितको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा देशभरि अहिलेसम्म कुल संक्रमितमध्ये कोरोनाकै कारण मृतकको संख्या ८३ हजार १९८ जना पुगेको छ । भारतमा कुल संक्रमितमध्ये नौ लाख १० हजार ९ हजार ९७६ जना अझै पनि अस्पतालमा उपचाररत या आइसोलेसनमा रहेका छन् ।
त्यस्तै ४० लाख २५ हजार ८० जना संक्रमणमुक्त भइसकेका छन् । सो मन्त्रालयका अनुसार संक्रमण मुक्त हुने अनुपात करिब ७९ प्रतिशत रहेको छ । निको हुने यो दरलाई भारतीय अधिकारीहरुले सकारात्मक रुपमा लिएको बताएका छन् ।
भारतमा अहिलेसम्म ६ करोडभन्दा बढी नागरिकमा कोरोना भाइससम्बन्धी पिसिआर परीक्षण गरिएको बताइएको छ । भारतका स्वास्थ्य अधिकारीहरुले भारतमा हिजोमात्र ११ लाख ३६ हजारभन्दा बढीको परीक्षण गरिएको बताएका छन् ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१