गण्डकीमा एकैदिन १०२ संक्रमित

आदर्श समाज सम्वाददाता
असाेज १, २०७७
covid 19 corona banner

पोखरा, ३१ भदौ । गण्डकी प्रदेशमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तिमा कास्कीका ६६ जना रहेका छन् । जसमध्ये पोखरा महानगरपालिका वडा नं. १५ का ४० जना नेपाल प्रहरीमा कार्यरत हुन् ।

पोखरा–८ का ३९ बर्ष, १४ का ३५ बर्ष, १७ का ३७ बर्ष र २९ का ४० बर्षका पुरुष गरि ४ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन् ।

त्यस्तै लमजुङ बेशीसहका ५ जना र तनहुँ बन्दीपुरका ३ जना संक्रमित थपिएका हुन् ।

गण्डकी प्रदेशमा आजमात्र १०२ जना संक्रमित थपिएका हुन् ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ८० पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width