गण्डकीमा थपिए २३ कोरोना संक्रमित

Avatar आदर्श समाज सम्वाददाता
असाेज १, २०७७

पोखरा, १ असोज । गण्डकी प्रदेशमा थप २३ जना कोरोना संक्रमित फेला परेका छन् । यो सहित प्रदेशमा कुल संक्रमित संख्या ३२ सय नाघेको छ ।

प्रदेश स्वास्थ निर्देशनालय, पोखराले बिहीबार विज्ञप्तिमार्फत प्रदेशअन्तर्गत कास्कीका ४, गोरखा २, बागलुङ ४, नवलपुर १२, तनहुँ १ गरी कुल २३ जना थप संक्रमित फेला परेको पुष्टि गरेको हो ।

पोखरा वडा २० की २३ वर्षीया महिला, ९ का ३५ वर्षीय पुरुष, १५ का २९ वर्षीय पुरुष र १० की २० वर्षीया महिला छन् । तीमध्ये वडा १५ का पुरुष र बागलुङका ४ गरी ५ जना भारतबाट फर्किएर क्वारेन्टाइन बस्दै आएकोमा अन्य भने कन्ट्याक्ट् ट्रेसिङ आधारमा संक्रमित पहिचान भएको जनाइएको छ ।

प्रदेशमा योसहित कुल संक्रमित संख्या ३ हजार २ सय १ पुगेको छ । तीमध्ये ३१ जनाको मृत्यु भएकोमा १ हजार ९ सय ३५ जना निको भइ घर फर्केका छन् ।