पोखरा ३३ वर माझथरमा पहिरोको सास्ती

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७७
pahiro33

मंगलवार राति परेको अविरल वर्षाका कारण पोखरा ३३ बर माझथरमा पहिरोले स्थानीयलाई सास्ती दिएको छ ।

गत साउनमा लगातारको वर्षाले क्षति पु¥याएको सडकखण्डको दक्षिण छेउतिरबाट भत्केर पहिरो गएपछि स्थानीयलाई सास्ती भएको हो ।

लगातारको वर्षासँगै पोखरा महानगरपालिका वडा नं ३३ वर माझथर स्थित छोरेपाटन लामगादी ग्रामीण सडकको उक्त खण्ड क्षति हुनुका साथै केही घरसमेत जोखिममा परेको जनाइएको छ ।

यसअघि पनि वर्षाले पटक–पटक क्षति पु¥याएको उक्त सडकखण्ड स्थानीयको उद्दार कार्यबाट सुचारु गरिए पनि ठूला सबारी आवतजावतमा पहिरोका कारण समस्या देखिएको छ ।

उक्त सडकखण्डको अवस्था र पहिरोको क्षतीबारे ३३ नं वडा कार्यालयमा जानकारी गराउन आएका गणेश थापाले उक्त ठाउँका चारपाँच घर उच्च जोखिममा परेका बताएका छन् ।

पहिरोका कारण खेतीबाली पुरिंदा यहाँका सर्वसाधारण समस्यामा परेको स्थानीय सन्तोष पौडेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width