नयाँ दिल्ली, ३१ भदौ । भारतमा कोरानोभाइरसबाट सङ्क्रमितहरुको संख्या झण्डै ४९ लाख नाघेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८०९ जना थप सङ्क्रमित भएका छन् ।
सोही अवधिमा एक हजार ५४ जना सङ्क्रमितको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।देशभरी अहिलेसम्म कुल सङ्क्रमितको संंख्या ४९ लाख ३० हजार २३७ पुगेको छ भने कोरोनाकै कारण कुल मृतकको संख्या ८० हजार ७७६ पुगेको छ ।
भारतमा कुल सङ्क्रमित मध्ये नौ लाख ९० हजार ६१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ३८ लाख ५९ हजार ४०० जना सङ्क्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार सङ्क्रमुक्त भएकाहरुको अनुपात ७८.२८ प्रतिशत रहेको छ । यो एकदमै सकारात्मक अवस्था रहेको सरकारी अधिकारीहरुको भनाई छ ।
उनीहरुका अनुसार अहिलेपनि सङ्क्रमित अवस्थामै रहेकाहरु मध्ये झण्डै आधा अर्थात ४८.८ प्रतिशत सङ्क्रमितहरु महाराष्ट्र, कर्नाटक र आन्द्र प्रदेशमा मात्रै रहेका छन् । भारतमा दैनिक सङ्क्रमितको अवस्था उच्च रहेको छ । केही दिन झण्डै एक लाख पुग्न लागेकोमा अहिले फेरी घटेको देखिएको हो ।
कोरोनाभाइसबाट सङ्क्रमित भएका मध्ये भारतमा पछिल्लो २४ घण्टामा मात्रै ७९ हजार २९२ जना कोरोनाभाइरस सङ्क्रमणमुक्त भएका छन् ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१