बैंकिङ कसूरमा फरार व्यक्ति पक्राउ

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७७
rajkot-arrest

पोखरा  । बैंकिङ कसूर अभियोगमा ५० लाख जरिवाना र ६ दिन कैद सजाय तोकिएकोमा हालसम्म फरार कास्कीका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपा गाउँपालिका वडा ५, देउराली निवासी ५८ वर्षीय केशबहादुर गुरुङ हुन् ।

गत वर्षको चैत १० मा उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा फैसला सुनाउँदै निज गुरुङले ५० लाख जरिवाना र ६ दिनसम्म कैद सजाय भोग्नुपर्ने फैसला गरेकोमा उनी हालसम्म फरार थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत कास्कीमा पेस गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width