बगालेटोल तमु समाजको साधारणसभा

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७७

पोखरा । पोखरा ८ स्थित बगालेटोल तमु समाजको ३७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

तमु धिं नेपालको क्षेत्रीय समाजमा रुपमा अत्यन्तै क्रियाशील समाजले कोरोना कहरबीच स्वास्थ्य सुरक्षा अपनाउँदै साधारणसभा सम्पन्न गरेको हो।

प्रमुख अतिथि समाजका ज्येष्ठ सदस्य तुलासिंह तमुले कार्यक्रम उद्घाटन गरे ।

साधारणसभामा सचिव प्रेमबहादुर तमुले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मनश्री तमुले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।

कार्यक्रममा बगालेटोल तमु समाजकी आमा समिति अध्यक्ष पञ्चकुमारी तमु हालै सम्पन्न तमु धिं नेपाल केन्द्रिय आमा समितिको दोश्रो महाधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकोमा सम्मान गरियो ।

कार्यक्रममा तमु धिं नेपालका द्वितीय उपाध्यक्ष हुमबहादुर तमु, सल्लाहकार अध्यक्ष मेजर डिलबहादुर तमु, सम्मानित पञ्चकुमारी तमुले शुभकामना मन्तव्य व्यक्त गरे ।

समाजका अध्यक्ष दिलबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव प्रेमबहादुर तमुले सञ्चालन र उपाध्यक्ष भक्तबहादुर तमुले स्वागत मन्तव्य व्यक्त गरे।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width