गण्डकीमा थप ५० संक्रमित

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७७
covid 19 corona banner

पोखरा, ३१ भदौ । गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तिमा कास्कीका २९ जना, बागलुङका ३ जना, तनहुँका ५ जना र गोरखाका १३ जना छन् ।

कास्की संक्रमित पोखरा र रुपा, बागलुङका गलकोट, बडिगाड र बागलुङ, तनहुँको व्यास र घिरिङ र गोरखाका शहिद लखन, बारपाक सुलिकोट, भीमसेनथापा र गोरखाका रहेका छन् ।

पोखरा–४ का ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत हुन् । पोखरा–१५ कै ४० बर्षका २ जना पुरुषहरु, वडा नं २७ का २८ बर्षीय पुरुष, वडानं ६ का २१ बर्षीय पुरुष गरि ४ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन् । रुपा–१ का २७ बर्षीय पुरुष ईलामबाट आई क्वारेन्टाइनमा बसेका छन् । वडा नं १ का २५ बर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन् ।

त्यस्तै, तनहुँ जिल्ला घिरिङका ३ जना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन् । बाग्लुङ जिल्ला गल्कोट–३ का ३७ वर्षीय र बाग्लुङ–१ का ४६ वर्षीय २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन् ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ६६ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width