चितवन, ३० भदौ । नारायणगढ–मुग्लिन सडक खण्डमा पाँच वर्ष यताकै धेरै ठाउँमा पहिरो खसेको छ । सडक खण्डको जुगेडीदेखि मुग्लिनसम्म विभिन्न ठाउँमा सोमबार राती साना ठूला गरी ४८ वटा पहिरो खसेका हुन् ।
डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर शिव खनालका अनुसार २०७२ साल यता यति धेरै पहिरो एकै पटक खसेको थिएन । खसेका पहिरोमध्ये ७० प्रतिशतभन्दा बढी नयाँ ठाउँमा खसेका छन् । सो सडकको जुगेडीदेखि दासढुङ्गासम्म अहिलेसम्म पहिरो नखसेका ठाउँमा पनि यस पटक पहिरो खसेको थियो । विगत एक सातादेखि निरन्तर परेको वर्षापछि सोमबार बेलुका परेको अविरल वर्षाले पहिरो खसेको खनालको भनाइ थियो । पानीले गलेको जमिन ठूलो वर्षासँगै लेदोसहितको पहिरो खसेको थियो । सो सडकबाट माथितर्फ पहाडी गाउँतर्फ जाने साना साना सडक अवैज्ञानिक तरिकाले निर्माण गर्दा पनि पहिरोको जोखिम बढेको खनालले बताए । सडक सफा गर्न आज बिहानदेखि ११ वटा जेसिबी र ५ वटा लोडर प्रयोग गरिएको थियो । सफा गरेर दिउँसो २ः४५ बजे सडक एकतर्फी सञ्चालनमा ल्याईएको छ ।
सडक खण्डको चारकिलो, घुमाउने, भालुढुङ्गा, सत्र किलो र पाँचकिलोमा ठूलो पहिरो खसेका थिए । अन्य ठाउँमा साना पहिरो खसेका थिए । घुमाउनेमा पहिले खसेको ठाउँमा थप पहिरो खसेको हो । चार किलोमा नयाँ ठाउँमा ठूलो पहिरो खसेको छ । पाँच किलोमा लेदोले सडक भरिएर घरमा समेत क्षति पुगेको थियो । सडकमै रहेका गाडीको टायरसम्म लेदो भरिएको थियो ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीले धेरै ठाउँमा पहिरो खसेको भएपनि सडकका कर्मचारी र प्रहरीको सहयोगमा छोटो समयमा सडक सफा गर्न सकिएको बताउनुभयो । एकाएक पहिरो खसेपछि रातीदेखि नै सडक अवरुद्ध बनेको थियो । सो सडक दुई वर्ष अघि विस्तार सम्पन्न भएको हो ।
यो सडक राजधानी काठमाण्डौं, पोखरा लगायतका मुख्य शहरलाई तराईसँग जोड्ने मुख्य मार्ग हो । यहाँ दैनिक १० हजार हाराहारी सवारीसाधन गुड्ने गर्दछन्।
Related News
सम्बन्धित समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१