Worldlink ads

प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा डा. खतिवडा

rss रासस
भाद्र ३०, २०७७
Eh9lzv7VgAEwNkF

फाइल फाेटाे ।

काठमाडौँ, ३० भदौ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा डा युवराज खतिवडालाई नियुक्त गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मन्त्रिस्तरीय सुविधा पाउने गरी पूर्वअर्थमन्त्री डा खतिवडालाई सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिए ।

यसअघि डा खतिवडा सञ्चार तथा सूचनामन्त्री पनि रहेका थिए। संवैधानिक व्यवस्थानुसार उनको यही भदौ २० गतेदेखि पदावधि सकिएको थियो।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads