भिटोफले नवीकरण शुल्क नलिने भएको छ ।
नेपालमा ग्रामीण पर्यटनको विकासका लागि प्रवद्र्धन गर्ने कार्य गर्दै आएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी समितिले आफ्ना सदस्यहरुको नवीकरण शुल्क नलिने निर्णय गरेको छ ।
भिटोफ गण्डकीको सोमबार भएको भर्चुअल बैठकले उक्त निणर्य गरेको हो । साथै मञ्चको साधारण सभा पनि भर्चुअल विधिबाट नै सम्पन्न गर्ने निर्णय गरेको अध्यक्ष नवराज अधिकारीले जानकारी दिए ।
भिटोफ गण्डकीमा पर्यटन व्यवसायमा संलग्न व्यवसायी तथा होमस्टेहरु आजीवन र साधारण गरी जम्मा ७५ सदस्य छन् । समितिले हरेक वर्ष एक हजार पाँच सय नवीकरण शुल्क लिर्दै आएको थियो । कोभिड १९को महामारीको असर पर्यटन क्षेत्रमा परी व्यवसाय नै धरासयी भएकाले उक्त निर्णय गरिएको अधिकारीले बताए ।
भिटोफ गण्डकीले प्रदेश भित्रका होमस्टेहरुको सम्भावना अध्ययन गरी हरेक वर्ष एक होम स्टेलाई गन्तव्य र एकलाई उत्कृष्ट होम स्टे घोषणा गर्दैै प्रवद्र्धन तथा प्रचारप्रसार गर्दै आई रहेको छ । साथै, प्रदेश सरकारसँगको सहकार्यमा होम स्टे संचालकलाई तालिम तथा होमस्टेहरुको बीचमा अन्तरसम्बन्ध कायम गर्ने कार्य गर्दै आइरहेको भिटोफ गण्डकीका संस्थापक तारानाथ पहारीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
गाउँमै रोजगारी : परिवारमा खुशीयाली
आँखा, हात, खुट्टा, नङको सौन्दर्य निखार्न सिजी ब्रोज एन्ड नेल्स
विकास खर्च तीन वर्षयताकै कम
पोउवा संघ टोलीलाई औद्यागिक क्षेत्रमा स्वागत
कृषि विकास बैंकको वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
माघ १२, २०७७पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
माघ १२, २०७७भाडाका घरमा गाउँका ‘सिंहदरबार’
माघ १२, २०७७गण्डकीमा आयो कोरोना खोप
माघ १२, २०७७नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
माघ ११, २०७७