मणिपालमा कोरोना संक्रमित मृत्यु

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७७
Manipal-Medical-College

फाेटाेः मणिपाल हस्पिटल ।

पोखरा, ३० भदौ । पोखराका ७० वर्षीय एक जना कोरोना संक्रमित पुरुषको मनिपाल शिक्षण अस्पतालमा उपचारक्रममा गएराति मृत्यु भएको छ ।

उनको सोमबार राति ११ बजेर २० मिनेटमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनी क्यान्सरका बिरामी थिए । भदौ २५ मा अस्पताल भर्ना भएका ती वृद्धमा २८ गते कोरोना पुष्टि भएको थियो ।

योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

यसअघि गोरखाको बारपाक सुलिकोट–८ की ६३ वर्षीया महिलाको भदौ २९ गते काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा मृत्यु भएको छ । क्यान्सरकी रोगी उनमा भदौ २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै