गण्डकीमा थप ४७ संक्रमित

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७७
Gandaki Map

पोखरा, ३० भदौ । गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तिमा नवलपुरका २०, स्याङ्जाका १२, तनहुँका ९ र कास्की ३ जना रहेका छन् । त्यस्तै गोरखा, लमजुङ र मनाङका एक÷एक जना छन् ।

तनहुँ शुक्लागण्डकी–१० की २३ बर्षीया महिला पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत छन् । पोखरा–१४ र १ का २ जना पुरुष नमूना परीक्षणको लागि सोहि अस्पतालमा आएका हुन् । पोखराकी ३२ बर्षीया महिला मेट्रोसिटी अस्पतालमा कार्यरत सफाई कर्मचारी हुन् । लमजुङ जिल्लाका १ जना ७० बर्षीय पुरुष बेशीसहरमा रहेको मोडल अस्पतालमा उपचाररत रहेका छन् ।

संक्रमित मध्ये, तनहुँको शुक्लागण्डकी र देवघाट, कास्कीको पोखराका, गोरखाका शहिदलखनका, लमजुङका बेशीसहरका, मनाङका नासोंका, स्याङ्जाका वालिङ, आँधिखोला र पुतलीबजार रहेका छन् । त्यस्तै, नवलपुरका मध्यविन्दु, बौदिकाली र गैंडाकोटका रहेका छन् ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय १२ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width