सभ्य समताको रक्तदान

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७७
blood

हेमजा । माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोकस्थित सभ्य समता वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा आइतवार रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ।

संस्थाको ११ औं स्थापना दिवसको अवसर पारी सहकारीले आयोजना गरेको सो कार्यक्रम रेडक्रस सोसाइटी कास्कीको समन्वय र माछापुच्छ्रे त्रिशक्ति युनाइटेड लाहाचोकको विशेष सहयोगमा भएको हो ।

कोरोना भाइरस(कोभिड १९)को संक्रमण जोखिमबीच पनि स्वस्थ्य सुरक्षाको आवश्यक मापदण्ड अवलम्बन गरी सो कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम संयोजक उमेश बास्तोलाले जानकारी दिए ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्दप्रसाद आचार्यको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सहकारी अध्यक्ष चुनबहादुर उच्चैको अध्यक्षता थियो भने संचालन सचिव डम्बरराज ढकालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width