वामदेवलाई राष्ट्रिय सभामा सिफारिस गर्ने मन्त्रिपरिषद् निर्णय

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७७
bamdev

पाेखरा, २९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यका लागि सिफारिस भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राष्ट्रिय सभाको रिक्त सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि गौतमलाई राष्ट्रिय सभा लैजान फागुन १४ मा भएको निर्णयविपरीत प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गरेका थिए। जसका कारण नेकपाभित्र विवाद सिर्जना हुँदै आएको थियो । पछि ओली आफैले सो प्रस्ताव ल्याएका थिए।

यसैगरी, सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width