काठमाडौँ, २९ भदौ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट आज एकै दिन १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महिला पाँच र पुरुष १० जनाको सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए।
मृत्यु भएकामध्ये काठमाडौँ उपत्यकामा मात्र आठ जना रहेका छन्। तीमध्ये काठमाडौँ जिल्लाका छ र ललितपुर तथा भक्तपुरका एक/एक जना रहेका छन् । उनका अनुसार मोरङका ४० र ७० वर्षीय दुई पुरुष, काठमाडौँका ७७ वर्षीय, ६२ वर्षीय, ७३ वर्षीय, ८५ वर्षीय, ७० वर्षीया र ६१ वर्षीया महिला रहेका छन् । यस्तै ललितपुरका ५५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय पुरुष, रामेछापका २३ वर्षीय पुरुष रहेका छन् ।
यस्तै गोरखाकी ६३ वर्षीया महिला, नवलपरासीकी ६२ वर्षीया महिला, पर्साकी ५५ वर्षीया महिला र कपिलवस्तुकी ४७ वर्षीया महिला छन् । आजसँगै सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ३६० पुगेको छ । नेपालमा सङ्क्रमित हुनेबाट निधन हुने ०.६५ प्रतिशत रहेको छ ।
Related News
सम्बन्धित समाचार
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
वैशाख ३, २०८१अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा १ लाख ४४ हजार पर्यटक
वैशाख ३, २०८१