फाइल फाेटाे
वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको २८ औं अवतरण दमौलीमा भएको बताइन्छ। व्यास पराशर क्षेत्रको रूपमा परिचित यस क्षेत्रलाई अनादी वैदिक सनातन धर्मको उद्गमस्थलका रूपमा विकास गर्न भन्दै उक्त क्षेत्रमा एक सय ८ फिट अग्लो वेदव्यासको मुर्ति निर्माण गर्ने कुरा एक दशक अगाडी देखि चर्चा चल्दै आएको छ । तर अहिले सम्म पनि निर्माण कार्यको थलानी सुरु गरिएको छैन।
उक्त मुर्ति निर्माणको कार्यको लागि व्यास क्षेत्र शिवपाञ्चायन विकास कोष रहेको छ । कोषले बजेट कम नभएको भन्दै ८ महिना अगाडी महायज्ञ गरि दाता बाट रकम संकलन गरेको थियो ।
निर्माण कार्यको थलानी गर्ने समयमा कोरोनाको महामारीले गर्दा सरकारले गरेको लकडाउनका कारण निर्माण कार्य रोकिएको कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए। उनले भने,“ लकडाउनले मुर्ति निर्माणमा प्रभाव पार्यो, अब छिटै नै हामीले निर्माण कार्यलाई त्रीवता दिन्छौ ”। मुर्ति निर्माण कार्यमा व्यास नगरपालिकाले अभिभावकको रुपमा ग्रहण गरेको छ । तर पालिकाले मात्र सबै बजेट निकासा गर्न मुस्किल परेपछि कोषले प्रदेश र संघ सरकार बाट सहयोगको अपेक्षा गरेको छ ।
“व्यासभूमिलाई धार्मिक एवं पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित मूर्ति निर्माणको कामलाई अगाडि बढाउन खोजिएको हो”, श्रेष्ठले भने, “स्थानीय सरकारले सबै खर्च व्यवहोर्न पनि सक्दैन, प्रदेश र सङ्घीय सरकारले पनि मूर्ति निर्माणका लागि बजेट उपलब्ध गराउनुपर्छ । उनका अनुसार संघ र प्रदेश सरकार बाट ५ करोड देखि २० करोड सम्म बजेट आउने अपेक्षामा रहेको बताए। उनले भने,‘ प्रदेश र केन्द्र सरकार बाट पनि बजेट अपेक्षा छ । जग खन्ने काम अब हुन्छ, बिस्तारै अन्य बजेटको पनि व्यवस्था गरिन्छ।’ कोषले मुर्ति निर्माणको लागि स्थानीयस्तरबाट सहयोग सङ्कलन गर्न महायज्ञ पनि आयोजना गरेको थियो । हाल कोषमा ५ करोड रुपैया मात्र रकम रहेको छ ।
मुर्तिको लागि मात्र ३२ करोड खर्च हुने अनुमान गरिएको छ । बाँकी क्षेत्रमा वृतचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैचाको साथ विश्राम घर, तलाउ सहितको मत्स्यगंघा पार्क, क्याफेटरिया, चमेना गृह, पुजारी घर, साना २७ वटा व्यासका मुर्तिहरु लगायत हुनेछ।
ब्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करिब रु ७० लाख सङ्कलन भएको थियो। सो रकममध्ये रु १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन ब्यास नगरपालिकाको हाताभित्र राखिएको छ । बाँकी रकमले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । व्यास–३स्थित शिव पञ्चायन मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको व्यास मूर्तिसहित सबै संरचनाका लागत करिब ६२ करोड ८५ लाख ५ हजार रुपैयाँ बजेट अनुमान गरिएको छ।
Related News
सम्बन्धित समाचार
बिट बनाएर प्रहरीलाई हस्तान्तरण
सिटिजन जुरी थप ७ जिल्लामा विस्तार हुने
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
इजलास छैन श्रीमानलाई
जिल्ला समन्वय समिति : संविधानले चिन्यो, व्यवहारले चिनेन
hero news full width
मुख्य समाचार
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
माघ १२, २०७७पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
माघ १२, २०७७भाडाका घरमा गाउँका ‘सिंहदरबार’
माघ १२, २०७७गण्डकीमा आयो कोरोना खोप
माघ १२, २०७७नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
माघ ११, २०७७