पहिरोमा बेपत्ताको शव भेटियो, बाढी पहिरोले ठुलो क्षति

साधन राम्जाली
भाद्र २९, २०७७
jaimini tunibot (2)

तस्वीर सौजन्य : ध्रुव राना मगर

म्याग्दी, २९ भदौ । बागलुङको जैमिनी नगरपालिकामा पहिरोले पुरिएर बेपत्ताको शव भेटिएको छ । निरन्तर परेको अविरल वर्षातका कारण घरमाथिदेखि झरेको पहिरोले पुरिएर बेपत्ता भएका जैमिनी नगरपालिका वडा नम्बर १ कुश्मिशेरा टुनीबोटका ६८ वर्षीय हरिकृष्ण शर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, बागलुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । आज सोमबार विहान ९ बजेतिर शर्माको शव भेटिएको हो ।

सूचना अधिकारी तथा प्रहरी निरीक्षक केसीका अनुसार परिवारका अन्य सदस्य भने सकुसल रहेका छन् । आइतबार पनि जैमिनी नगरपालिका वडा नम्बर १ र ५ मा पहिरोले धनजनको क्षति पु¥याएको छ । पहिरोले स्थानीय पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्न बहादुर क्षत्री र तारादेवी शर्माको घरमा पूर्ण रुपमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

उद्दारका लागि घटनास्थलमा नेपाली सेना र प्रहरी परिचालन गरी उद्दारको काम भइरहेको प्रहरीको भनाई रहेको छ । दुई दिन यता निरन्तर भइरहेको वर्षाका कारण कमजोर जमिन भत्केर पहिरो जाँदा बागलुङको जैमिनी नगरपालिकामा ठूलो क्षति भएको छ ।

बाढी पहिरोले जैमिनीमा ठुलो क्षति पुर्‍याएको नगरपालिकाका उपमेयर लिला रानाले बताए । पहिरोले पुरिएर टुनिबोटमा सोमबार एक जनाको ज्यान जानकारी दिँदै बर्षा नरोकिएकाले कुन वडामा कति क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी रहेको घटना स्थलमा रहेका उपमेयर रानाले बताए ।

टुनिबोटमा गएको पहिरो । यो पहिरोमा परेर एकजनाको मृत्यु भएको छ ।
तस्वीर सौजन्य ः धु्रव राना मगर

Related News

सम्बन्धित समाचार

hero news full width