जैमिनी पहिरोमा परेर एक वेपत्ता, पाँच घर पुरियो

साधन राम्जाली
भाद्र २९, २०७७
pahiro baglung

फाइल तस्बिर

म्याग्दी ,२९ भदौ । बागलुङको जैमिनी नगरपालिकामा पहिरोमा पुरिएर एक जना वेपत्ता भएका छन् । निरन्तर परेको अविरल वर्षातका कारण घरमाथिदेखि झरेको पहिरोले पुरिएर जैमिनी नगरपालिका वडा नम्बर १ कुश्मिशेरा टुनीबोटका ६८ वर्षीय हरिकृष्ण शर्मा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, बागलुङका सुचना अधिकारी प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।

उनका अनुसार परिवारका अन्य सदस्य भने सकुसल रहेका छन् । आइतबार पनि जैमिनी नगरपालिका वडा नम्बर १ र ५ मा पहिरोले धनजनको क्षति पुर्‍याएको छ । पहिरोले स्थानीय पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्न बहादुर क्षत्री र तारादेवी शर्माको घरमा पूर्ण रुपमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । उद्दारका लागि घटनास्थलमा नेपाली सेना र प्रहरी परिचालन गरी उद्दारको काम भइरहेको प्रहरीको भनाई रहेको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग