पोखरा । विश्व शान्ति स्तूप, अनदू, पोखराको ११ औं वार्षिक साधारण सभा तथा पाँचांैै अधिवेशनले उत्तममान बुद्धाचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
यस्तै, उपाध्यक्ष अशोक गुरूङ, सचिव प्रकाशमान उदास, कोषाध्यक्ष अशोकमान बुध्दाचार्य, सह–सचिव चमबहादुर गुरूङ र सहकोषाध्यक्ष अनिल रत्न बुध्दाचार्य चयन भएका छन् । सदस्यमा खेमराज पौडेल, कृष्णमान गुभाजू, गोविन्द ताम्राकार, मनबहादुर गुरूङ, दुर्गा बहादुर गुरूङ, राजकुमारी गुरूङ र जमुना गुरूङ छन् ।
प्रकाशमान गुभाजू निर्वाचन संयोजक रहेको निर्वाचन समितिमा सदस्यमा क्या. भुवनसिं गुरूङ र सु. यमबहादुर गुरूङ थिए ।
कोभिड–१९ महामारीबीच सामाजिक दूरी कायम गरी आयोजित कार्यक्रमको विश्वशान्ति स्तुप समिति निवर्तमान अध्यक्ष एवं निर्वाचन संयोजक प्रकाशमान गुभाजूले उद्घाटन गरेका थिए ।
संस्थाका अध्यक्ष शंकर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उत्तममान बुध्दाचार्यले स्वागत मन्तब्य व्यक्त गरेका थिए । यस्तै, सचिव अशोक गुरूङले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष अशोकमान बुध्दाचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत भयो ।
कार्यक्रममा धर्मशीला बुद्ध विहार दायक सभाका अध्यक्ष गोविन्द ताम्राकारले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष बुद्धाचार्यले स्तूप विकासको लागि प्रतिबद्धता जाहेर गर्दै उपस्थित सम्पूर्णलाई धन्यवाद ब्यक्त गरे ।
२०३० भदौ २७ पूर्णिमाको दिन निप्पोनजान म्योहोजी जापानका संस्थापक फूजी गुरूजी, अनगारिका गुरूमा धर्मशीला र पूर्व मन्त्री मीनबहादुर गुरूङले विश्वशान्ति स्तूपको शिलान्यास गरेका थिए ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
कामचलाउ सरकारको आयु लम्बियो
गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
चुमानलाई पहिलोपटक ढुकुटीको साँचो, मनाङे फेरि भौतिकमा
hero news full width
मुख्य समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१