लेखनाथ । महिलाहरुको आयआर्जनमा सहयोग पुग्ने गरी सरकारले ल्याएकोे सहुलियत दरको ऋण प्रवाहबारे लेखनाथ उद्योग बाणिज्य संघ र गरिमा विकास बैंक लि.बीच सम्झौता भएको छ ।
स्वदेशमा नै लगानी मैत्री वातावरण सृजना गर्ने उद्देश्यले सरकारले अगाडि सारेको सहुलियत दरको ऋण प्रवाह योजनाअन्तर्गत हातमा सीप हुने तर आर्थिक अभावका कारण ब्यवसायीक क्षेत्रमा आउन नसकेका महिलाहरुलाई लक्षित सो योजनामा २ संस्थाबीच सहकार्य गर्ने गरी आइतबार सम्झौता भएको हो ।
सम्झौतापत्रमा संघतर्फबाट अध्यक्ष बलराम ढकाल, वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय र पूर्व अध्यक्ष सुमन भट्टराई तथा बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल, पोखराका क्लस्टर प्रमुख भोलाप्रसाद तिवारी र वरिष्ठ अधिकृत मेघबहादुर केसीले हस्ताक्षर गरेका हुन् ।
योजनाअन्तर्गत आयमूलक व्यवसाय तथा साना तथा मझौला घरेलु उद्योग संचालन गर्ने योजना सहित आउने महिलाहरुलाई संघको सिफारिसमा बैंकबाट उद्योगको प्रकृति हेरी बिनाधितो बढीमा १५ लाखसम्म ऋण लिन सक्ने ब्यवस्था गरिएको छ ।
संघका कार्यसमिति सदस्य एवं महिला उद्यमी परिचालन उपसमितिकी संयोजक मेनुका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका अध्यक्ष बलराम ढकालले सो योजनाको भरपूर उपयोग गरि स्वदेशमा नै रोजगार सृजना गर्नुपर्ने सुझाव सहित योजनाको उद्देश्यका बारेमा प्रकाश पारेका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले महिलाहरुमा उद्यमशीलताको विकास गराउन सहुलियतपूर्ण कर्जा वरदान सावित हुने बताए ।
संघ महासचिव गोपिचन्द्र बास्तोलाले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष जानुका अधिकारीले धन्यवाद ज्ञापन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
पेचिलो पोखराको पार्किङ
विन्दुवासिनी संस्कृत विद्यापीठको पक्की छात्राबास
माटो निकालेर फेवातालको आयु बढाइने
पाेखरा महानगरमा थपिए ६ ऐन, १७ ऐन संशोधन
hero news full width
मुख्य समाचार
टाइगर कपबाट १९ लाख बचत
म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
फागुन १४, २०७७