बागलुङमा पहिरोले पुरिएर एक महिलाको मृत्यु, एक बेपत्ता

राजेशचन्द्र राजभण्डारी
भाद्र २८, २०७७
Baglung Pihiro

बागलुङ, २८ भदौ । बागलुङ जिल्ला जैमिनीमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ । सोही पहिरोमा एक महिला बेपत्ता भएकी छन् । अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले पुरिएर जैमिनी नगरपालिका–१ कुश्मिशेरामा लक्ष्मीदेवी उपाध्यायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए । आइतबार उनको शव फेला परेको रिजालले बताए ।

यसैगरी, जैमिनी नगरपालिका–५ विनामारेमा पनि घर माथिबाट खसेको पहिरोले पुरिएर एक महिला बेपत्ता भएकी छन् । स्थानीय निलकण्ठ पौडेलको घर पुरिएर जल्पादेवी पौडेल बेपत्ता भएकी हुन् । बेपत्ता पौडेलको खोजिकार्य जारी रहेको प्रहरी निरीक्षक रिजालले बताए । घरमा रहेका अन्य ६ जना भने सामान्य घाइते भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width