पोखरा । नेपाली काँग्रेस कास्कीले रुपा–६, बराहथोकका बाढीपहिरो प्रभावित परिवारलाई सहयोग गरेको छ ।
पहिरोले घर पुरिएर मृत्यु भएकी २० वर्षीया सिर्जना विकको परिवारलाई २८ हजार ३ सय र पहिरोबाट विस्थापित माया सुनार, हरिराम विकको परिवारलाई २/२ हजार रुपैयाँसहित खाद्यान्न सहयोग गरिएको कास्की काँग्रेसका प्रवmत्ता नवीन सिग्देलले जानकारी दिए ।
नेपाली काँग्रेस कास्की सभापति कृष्ण केसी, पूर्वसभापति एवं पूर्व मन्त्री यज्ञबहादुर थापसहितको टोली सहयोग लिएर बराहथोक पुगेको थियो ।
घरमाथिको पहिरोले घर पुर्दा गत भदौ २३ मा काजी विककी छोरी सिर्जनाको मृत्यु भएको थियो । दुई घरपरिवार विस्थापित भएका थिए ।
कार्यक्रममा पूर्व सभापति एवं पूर्व मन्त्री यज्ञबहादुर थापाले प्रतिपक्षमा रहेर पनि काँग्रेसले जनताप्रति निर्वाह गर्नुपर्ने भूमिकाबाट कहिल्यै विमुख नहुने बताए ।
कास्की काँग्रेस सभापति कृष्ण केसीले पीडित परिवारको सुरक्षित बसोबासको व्यवस्थापन गर्ने पार्टीले सरकारसँग समन्वय गर्ने उल्लेख गरे ।
नेपाली काँग्रेस रुपा गाउँपालिकाका सभापति तुलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव बलराम गुरुङले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
हिल हिमालयजद्वारा ४३ हजार किलो फोहोर व्यवस्थापन
लेखनाथ जेसिज र जुनियर जेसिजको पदस्थापन
फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
बैदाम प्रहरीमा महिला इञ्चार्ज
hero news full width
मुख्य समाचार
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
माघ १२, २०७७पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
माघ १२, २०७७भाडाका घरमा गाउँका ‘सिंहदरबार’
माघ १२, २०७७गण्डकीमा आयो कोरोना खोप
माघ १२, २०७७नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
माघ ११, २०७७